कपिलवस्तुको कृष्णनगरका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरुमा नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा बैंकमा कार्यरत कर्मचारी रहेका छन् ।
कृष्णनगर नगरपालिकामा कार्यरत कर्मचारीहरुमा गरिएको परीक्षणमा महिला विकास शाखामा कार्यरत ३२ वर्षीया महिला र २९ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।
कृष्णननगरस्थित दिव्यानगर स्वास्थ्य चौकीका २८ वर्षीय स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । यस्तै, दुई जना नेपाल बैंक लिमिटेटमा कार्यरत दुई जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका पाँचै जनालाई आइसोलेसनमा राख्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।