नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएपछि उनी डाक्टरको सल्लाह अनुसार होम आइसोलेसनमा बसेका छन् ।
उनले बुधबार विज्ञप्ति जारी गर्दै आफुमा कोरोना संक्रमण भएको बताएका हुन् । साथै, उनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई जाँच गराउँन सुझाव दिएका छन् ।
उनले ३, ४ दिन पहिलेदेखि आफुलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो अनुभव भएपछि शंका लागेर स्वाब संकलन गराएका थिए । बुधबार आएको रिपोर्टमा आफुमा कोरोना देखिएको उनले बताएका छन् ।
