logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, १३० जना डिस्चार्ज


अंकुरण खबर
663
Shares

नेपालमा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २१ हजार तीन सय ९० पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म ६० जनाको मृत्यु भएको छ ।

त्यस्तै, आज मात्रै १३० जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार एक सय ५६ पुगेको छ ।