नेकपाका दुई अध्यक्षबीचको छलफल स्थगित भएको छ।
आज साँझ ५ बजे बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसमेतको सहभागितामा दुई अध्यक्षबीच बस्ने भनिएको छलफल स्थगित भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भोलि बिहान बस्ने गरी छलफल स्थगित भएको जानकारी दिए ।