सर्वोच्च अदालतका ३ जना सवारी चालकमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
सर्वोच्च अदालत स्रोतका अनुसार तीनै जना अदालतका न्यायाधीशको गाडी चलाउने चालक हुन् । सोमबार सर्वोच्च अदालतमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी गरी १ सय जनाको स्वाब संकलन गरिएको थियो ।
संकलित स्वाब परीक्षणका क्रममा ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि सभामुख अग्निप्रसाद सापकोटाका सुरक्षा गार्डमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । सुरक्षा गार्डमा संक्रमण देखिएपछि सभामुख सापकोटाको पनि कोरोना परीक्षण गरिएको थियो । उनको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
सरकारले लकडाउन अन्त्य गरेपछि आवतजावत खुकुलो भएसँगै देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसँगै देशका प्रमुख निकायमा कार्यरत कर्मचारीमा संक्रमण देखिने क्रम बढ्दै गएको छ ।