logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

आजदेखि सवारीमा जोर विजोर प्रणाली लागू


अंकुरण खबर
793
Shares

सरकारले आजदेखि यातायातका साधनमा फेरि जोरविजोर प्रणाली लागू गरेको छ ।

काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा सवारीमा जोरविजोर प्रणाली लागू गरेको हो ।

जोरविजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको पनि गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ ।

आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने, कोरोना संक्रमणको थप परीक्षणको व्यवस्था मिलाउने गृहको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारको निर्णयबमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवातजावतलाई कडाइका साथ निषेध गर्ने, होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको प्रवक्ता बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संक्रमण बढिरहेका बेला कोरोना महामारी नियन्त्रणका लागि सरकारले मंगलबार विज्ञहरुसँग छलफल गरेको थियो। विज्ञहरुको छलफल पछि कोरोना नियन्त्रणका लागि सरकारको पछिल्लो निर्णय सार्वजनिक भएको हो।