नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ । बुधबारको सुनको मूल्य बिहीबार फेरि १ हजार १ सय रुपैयाँले बढेको हो ।
बिहीबार छापावाला सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला एक लाख एक हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदी पनि प्रतितोला ५० रुपैयाँले बढर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।