पर्सामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको पिसीआर प्रयोगशालामा गरिएको परीक्षणमा गए रातिसम्म ६ महिलासहित ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा नेपाली सेना ११ जना, नारायणी अस्पतालमा कार्यरत दुईजना कर्मचारी र भर्ना भएका एकजना बिरामीमा पनि संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।
त्यसैगरी समुदायस्तरमा संकलन गरिएका स्वाबको परीक्षणबाट विभिन्न स्थानका ९ जनामा पनि संक्रमण पुष्टि भएको छ भने बैंकको कर्मचारीमा पनि संक्रमण देखिएको छ ।