logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीका एक युवकको मृत्युपछि कोरोना पुष्टि


अंकुरण खबर
1.04K
Shares

कोरोना भाइरसको जस्तै लक्षण देखिएर मृत्यु भएका सप्तरीका तीन जना मध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीको रूपनी गाउँपलिका-५ का ४५ वर्षीय पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

कोरोनाबाट मृत्यु भएका पुरूष ४५ दिन पहिले मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए ।

मंगलबार एक्कासी ज्वरो आएर श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि धरान रिफर गरिएको थियो। धरान लैजाँदै गर्दा मंगलबार राति बाटोमै उनको मृत्यु भएको थियो। त्यसपछि उनको स्वाब संकलन गरिएकोमा गएराति आएको रिपोर्टमा कोरोना देखिएको हो।