logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएपछि सम्पर्कमा रहेका सांसदको पनि स्वाव संकलन


अंकुरण खबर
754
Shares

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएपछि संसद सचिवालयका ८ कर्मचारी आइसोलेसनमा बसेका छन् ।

उनीहरुको वीर अस्पतालमा पीसीआर परीक्षण गरिएपनि नतिजा आइसकेको छैन । सांसदको सार्वजनिक लेखा समितिका सदस्य रहेका सांसद यादव सहितको संसदीय अनुगमन उपसमितिको टोली २ साता अघि सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।

अनुगमन समितिमा सांसद यादवसँगै अन्य २ सांसद मीना सुब्बा, प्रेम आलेमगर रहेका थिए ।

सांसद यादव चढेको गाडीका ३ जनालाई कोरोना संक्रमण भएको छ । जसमा यादवको पीएसओ र सवारी चालक रहेका छन् । उनीहरु अहिले उपचारका क्रममा रहेका छन् ।

उनीहरुको सम्पर्कमा रहेका अन्य दुई सांसदसहित लेखा समितिमा रहेका कर्मचारीको स्वाव संकलन भएको र नतिजा आउन बाँकी रहेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।