logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अख्तियारका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
663
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मंगलबार १५ जना कर्मचारीमा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गर्दा थप २२ जनामा संक्रमण देखिएको हो ।

संक्रमण देखिएकामध्ये बढीजसो सुरक्षाकर्मी नै छन् । संक्रमितमध्ये सेवाग्राहीको सम्पर्कमा रहेका र स्ट्रिङ अपरेशनमा परिचालन हुने कर्मचारीलाई पनि छन् ।

यस अघि महाशाखाले पहिलो चरणमा १ सय ८२ जनाको स्वाब संकलन गरी परीक्षण गरेकोमा १५ जनामा संक्रमण देखिएको थियो ।

आज थपिएका २२ कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै अख्तियारमा कोरोना संक्रमित हुने कर्मचारीको संख्या ३७ पुगेको छ ।