प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रहरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार थप १० जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एवं एसएसपी कुवेर कडायतले जानकारी दिए ।
उनका अनुसार थपिएका नयाँ संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङमार्फत पत्ता लागेका हुन् । संक्रमितहरुलाई सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा भर्ना गरिएको छ ।
योसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ८५ पुगेको छ ।