logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसईईको नतिजा केही दिन ढिला आउने


अंकुरण खबर
1.664K
Shares

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुन केही दिन ढिला हुने भएको छ ।

काठमाडौंमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएकाले बोर्डले नतिजा प्रकाशन गर्न केही दिन ढिला गरेको हो ।

नतिजा आएपछि विद्यार्थीको गतिविधि बढ्ने भएकाले केही दिनपछि सार्वजिक गरिने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराजा खकुरेलले बताए ।

गत ६ चैतका लागि निर्धारित एसईई कोरोनाकै कारण स्थगित भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गर्न लागेको हो ।