काठमाडौं उपत्यकामा आज (बिहीबार) कोरोना भाइरसका ८७ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ७६ जना, भक्तपुरका १ जना र ललितपुरका १० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै उपत्यकामा संक्रमितको संख्या ८७१ पुगेको छ । संक्रमितहरु काठमाडौंमा ६६९, ललितपुरमा १२४ र भक्तपुरमा ७८ जना छन् ।