logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो


अंकुरण खबर
624
Shares

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार दिएको जानकारी अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६५ पुगेको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला रंगेली नगरपालिका ८ दर्वेशा बस्ने ४५ वर्षीय पुरुष रहेका छन् । उनलाई साउन २१ गते ज्वरो तथा स्वासप्रश्वासमा समस्या भइ कोसी अस्पताल ल्याउँदा मृत्यु भएको थियो ।

त्यसैगरी मोरङकै विराटनगर महानगरपालिका-९ बस्ने ४५ वर्षीय एक पुरुषको साउन २१ गते कोसी अस्पतालमा मृत्यु भएको हो । उनी मिर्गौला तथा मधुमेहका दीर्घरोगी रहेका थिए । मृत्यु भएको दिन स्वाब संकलन गरी जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।

सर्लाही जिल्ला मलंगवा नगरपालिका- ८ बस्ने ६५ वर्षीया महिलाको साउन २१ गते मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको क्रममा बलम्बु सशस्त्र प्रहरी बल अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी मृतकमा धनुषा जिल्ला मिथिला नगरपालिका १० लालगढ बस्ने ७२ वर्षीया महिलाको साउन १७ गते ओम अस्पताल तथा रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको पनि जाँच गर्दा कोरोना पुष्टि भएको छ । उनी दम तथा मधुमेहको बिरामी थिइन् ।

सप्तरी जिल्ला रुपनी नगरपालिका ५ बस्ने ४२ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको छ । ज्वरो तथा स्वासप्रश्वासमा कठिनाइ भइ साउन २० गते उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना भएका थिए ।

थप उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । उनी डेढ महिनामा पहिले मलेसियाबाट आई होम क्वारेन्टाइमा बसेका थिए ।