logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सम्पर्कमा आएनन् काठमाडौंमा ८ जना कोरोना संक्रमित


अंकुरण खबर
780
Shares

काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालामा संक्रमण पुष्टि भएकाहरु मध्ये आठ जना संक्रमित स्वास्थयकर्मीको सम्पर्कबाहिर रहेका छन् ।

उपत्यकामा संक्रमण पुष्टि भएका १०२ जनामध्ये ८ संक्रमित सम्पर्कमा नरहेका हुन् ।

इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडीसीडी) अनुसार १०२ संक्रमित मध्ये बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर थिए, जसमध्ये ८ जना बिहीबार सम्पर्कमा आएका छन् तर बाँकी भने अझै सम्पर्कमा आएका छैनन् ।

उनीहरुलाई सम्पर्क गर्ने प्रयास भइरहेको भएपनि कसैको मोबाइल आफ छ भने कसैले फोन नउठाएको इडीसीटीका केस म्यानेजमेन्ट संयोजक उत्तमकुमार कोइरालाले बताए ।

पछिल्लो केही दिन यता काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढिरहेको छ ।