मनसुनी न्युन चापीय रेखाका कारण पुनः मनसुन सक्रिय हुने भएको छ ।
शनिबार रातिबाट सक्रिय हुने मनसुनले देशैभर झरी पार्नुका साथै देशका अधिकांश ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम मंगलबारसम्म जारी रहन सक्ने महाशाखा मौसमविद्हरुको अनुमान छ ।
आज शुक्रबार भने देशभर मौसममा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने महाशाखा जारी गरेको बुलेटिनमा उल्लेख छ । अहिले प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।