logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुतिरहेका बेला पहिरोले घर पुर्दा आमा–छोराको मृत्यु


अंकुरण खबर
546
Shares

सुतिरहेका बेला घरमाथिबाट झरेको पहिरोले घर पुर्दा बैतडीमा आमा–छोराको मृत्यु भएको छ ।

पहिरोमा पुरिए बैतडीको डिलासैनी गाउँपालिका–४ मठैराजमा आमा–छोराको मृत्यु भएको हो । बिहीबार राति १ बजे घरमाथिबाट आएको पहिरोमा परी आनसिंह बोहराकी ४० वर्षीया श्रीमती पशुपति र १२ वर्षीय छोरा रिकेशको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसनचन्दले जानकारी दिएका छन् ।

राति सुतिरहेको समयमा अचानक आएको पहिरोमो च्यापिएर दुवै जनाको मृत्युु भएको हो भने सोही घरको अर्को कोठामा रहेका दुुई जना भागेर बाच्न सफल भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि धामीगाउँ प्रहरी चौकीबाट गएको प्रहरी टोली र स्थानीयले दुवै जनाको शव निकालेका छन् । अन्य क्षतिको विवरण भने आउन बाँकी रहेको जनाइएको छ ।