logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोशी अस्पतालमा कोरोना शंकास्पद बिरामीको मृत्यु, दिउँसोसम्म रिपोर्ट आउँने


अंकुरण खबर
2.769K
Shares

विराटनगरको कोशी अस्पतालमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ ।

विराटनगर-९ का ५८ वर्षीय अग्रवाल थरका पुरुषको मृत्यु भएको हो । ती पुरुषलाई शुक्रबार बिहान आफन्तले अस्पताल पूर्‍याएका थिए ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले अस्पतालले आइसोलेसनमा राखेर जाँच गर्दा मृत्यु भइसकेको पाइएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

एकसाता यता ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएका पुरुषलाई निमोनियाको पनि समस्या थियो । कोरोनासँग मिल्ने लक्षण देखिएकाले शवलाई आइसोलेसनमा राखेर कोरोना जाँचका लागि स्वाब संकलन गरिएको उनले बताए ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले स्वाब संकलन गरी परीक्षणमा पठाएको र आज दिउँसोसम्म रिपोर्ट आउँने उनले बताए ।

यसअघि विराटनगरमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भइसकेको छ ।