logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस संक्रमणबाट सिरहाका २२ वर्षीय युवकको मृत्यु


अंकुरण खबर
663
Shares

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सिरहाका १ जना युवकको मृत्यु भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार राति सिरहाको गोलबजार नगरपालिका वडा नम्बर -१२ का २२ वर्षिय युवकको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।

मृतक मिर्गौलाका बिरामी थिए । विगत ३ वर्ष देखि डायलासिस गराउँदै आएका उनमा बुधबार कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।

कोरोना संक्रमित युवकको मृत्यु भएपछि उनका परिवारका ४ जनालाई क्वारेन्टिनमा राखिएको छ ।