logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नौबिसे-मुग्लिन सडक एकतर्फी सञ्‍चालनमा


अंकुरण खबर
2.379K
Shares

पहिरोका कारण अवरुद्ध नौबिसे-मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ ।

यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० तिग्राङ खानीमा अविरल वर्षासँगै गएराति ११  बजे पहिरो खस्दा पूर्ण रूपमा सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाएर अहिले एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले बताए । थप पहिरो नखसे दुईदेखि तीन घण्टाभित्र पूर्ण रूपमा पहिरो हटाई दुई तर्फी यातायात सञ्चालन गरिने उनले बताए ।

सडक अवरुद्ध भएपछि काठमाडौंतर्फ धादिङको चरौँदी र चितवनतर्फ इच्छाकामना-३ फिस्लिङसम्म सवारी जाम भएको छ ।