धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि भएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय सात पुगेको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ४९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १६ र कञ्चनपुरका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
सबैभन्दा बढी कैलालीको टीकापुर नगरपालिकाका ५ महिला र सात पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कैलालीकै गोदावरी नगरपालिकाका दुई महिला र एक पुरुष गरी तीन जना, धनगढी उप–महानगरपालिका वडा नम्वर-१२ की २२ बर्षीया युवती र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर-६ की ३० बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।