logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगंजमा एकैदिन थपिए  १४२ जना नयाँ संक्रमित


अंकुरण खबर
754
Shares

पछिल्लो समय कोरोना संक्रमित उच्च देखिएको पर्साको वीरगंजमा आज एकै दिन १४२ जना नयाँ संक्रमित भेटिएका छन् ।

सेना, प्रहरी र चिकित्सक गरि १४२ जनामा कोरोना पुष्टि भएको हो । यस अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

वीरगंजमा एकै पटक यति ठूलो संख्यामा कोरोना देखिएको यो पहिलो पटक हो । संक्रमित मध्ये १७ जना महिला छन् ।

वीरगंजमा साउन यता मात्र १० जनाको मृत्यु भइसकेको छ भने यहाँ ७ सय भन्दा बढी संक्रमित देखिएका छन् । विगत एक हप्ता देखि वीरगंजमा निषेधाज्ञा जारी गरिएको छ ।