logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीर अस्पतालमा कार्यरत अर्का डाक्टरमा पनि देखियो कोरोना संक्रमण


अंकुरण खबर
975
Shares

वीर अस्पतालमा कार्यरत थप १ जना डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना देखिएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए ।

वीर अस्पतालमा बिहीबार पनि एक चिकित्सकलाई कोरोना देखिएको थियो । अस्पतालका २ डाक्टरमा कोरोना देखिएपछि ३५ जनालाई क्वारेन्टाइनमा राखिएको डा. सेञ्चुरीले बताए ।

कोरोना संक्रमण देखिएका दुवै जनामा ज्वरोको लक्षण देखिएको छ ।