कोरोनाको महामारी बढेपछि काडमाडौंका बढी भीडभाड हुने क्षेत्रहरु सिल गरिने भएको छ ।
आज राती १२ बजेबाट काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्यूरोड, असन, इन्द्रचोक, टेकु,वौद्ध लगाएतका क्षेत्र सिल गरिने भएको हो । यी मुख्य व्यापारिक क्षेत्रहरुमा अत्याधिक भिडभाड हुने र संक्रमण फैलिने खतरा उच्च भएकोले यी क्षेत्र सिल गर्न लागिएको हो । सिल गरिएपछि यी क्षेत्र कहिले खुल्ने भन्ने अझै प्रस्ट भइसकेको छैन ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका अधिकारीबीच बसेको बैठकले सो निर्णय गरेको हो । अब अत्यावश्यक बाहेकका सबै सेवा पनि बन्द हुने भएका छन् । नागरिकता र पासपोर्ट वितरण कार्य समेत बन्द गर्ने छ ।
तीन वटै जिल्लामा रहेका क्वारेन्टिन र आएसोलेसन पनि थप सुरक्षित बनाउने जनाइएको छ ।