सप्तरीमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पाँच स्वास्थ्यकर्मी र दुई महिला सहित अठार जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा गजेन्द्रनारायण सिंह अस्पतालका चार र छिन्नमस्ताका एक जना स्वास्थ्यकर्मी छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार छिन्नमस्ताका दुई पुरुष र एक महिला, राजविराजका पाँँच पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै महादेवका चार पुरुष, रुपनीका एक पुरुष संक्रमित भएका छन् ।
तिलाठी कोइलाडीका पनि तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आजसम्म सप्तरीमा ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।