logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
806
Shares

नेपालमा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ७ हजार ९२६ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा ४६४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

आज मात्रै ४२५ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ रहेको छ ।

हाल नेपालमा ६ हजार ३३० सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।