कोरोना संक्रमणको दर बढेपछि काठमाडौं उपत्यकामा अति आवश्यक सेवा बाहेक सबै सेवा बन्द गरिने भएको छ ।
आइतबारदेखि भदौ ८ गतेसम्म थप कडाई गर्ने काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र सरोकारवाला निकायका प्रतिनिधिको संयुक्त बैठकले निर्णय गरेको हो ।
यो बेला काठमाकडौं उपत्यकामा निम्न सेवा बन्द हुने र निम्न सेवा खुल्ने भएका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्ति यस्तो छ …
