logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुखुराको मासुको मुल्य घट्यो, चल्ला पनि १० रुपैंया सस्तो


अंकुरण खबर
1.69K
Shares

लकडाउन खुकुलो भएसंगै घट्न थालेको कुखुराको मुल्य पुनः घटेको छ ।

कोरोना भाइरसका कारण लकडाउन हुँदा महंगिएको कुखुराको मासु केहीदिन यता निरन्तर घटेको हो। नेपाल पोल्ट्री संघले शुक्रबारदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गर्दै मूल्य घटेको जनाएको छ । संघका अनुसार खुद्रा कुखुराको मासु प्रतिकेजी ३ सय ३० रुपैयाँ तोेकिएको छ ।

लकडाउनका बेला महंगिएको कुखुराको मासु अहिले उत्पादन बढी र आपूर्ति सहज भएपछि घटेको हो । संघका अनुसार जिउदोको कुखुराको मूल्य प्रति केजी १०, मासुको मूल्य १५ रुपैया घटेको हो ।

त्यस्तै कुखुराका चल्लाको मूल्य पनि प्रतिगोटा १० रुपैया घटेको ह्याचरी उद्योगका महासचिव बलाराम केसीले जानकारी दिएका छन् ।