logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्वासप्रश्वासमा समस्या भएकी एक महिलाको मृत्यु, कोरोना परीक्षण हुने


अंकुरण खबर
1.352K
Shares

श्वासप्रश्वासमा समस्यामा देखिएपछि डडेल्धुरा अस्पताल पुगेकी एक महिलाको मृत्यु भएको छ ।

डडेल्धुरा गन्यापधुरा गाउँपालिका–३ घर भएकी ३८ वर्षीया महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना गरिएको थियो ।

डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको बाटोमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले भने, ‘अहिले शव सेती प्रादेशिक अस्पतालको लास घरमा राखिएको छ ।’

मृतक महिलाको कोरोना परीक्षणको तयारी भइरहेको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।