logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा नौ प्रहरीसहित थप ७५ जनामा कोरोना पुष्टि


अंकुरण खबर
702
Shares

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ९ प्रहरीसहित थप ७५ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमितमध्ये १५ जना महिला र ६० जना पुरुष रहेका छन् । जसमा कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जना, आफैं कोरोना जाँच गराएका १२ जना, जिल्ला प्रहरी कार्यालयका ९ जना, क्वारेन्टिनमा बस्दै आएका ४ जना, वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी २ जना रहेको नारायणी अस्पतालका सुपरिटेन्डेट मदन उपाध्ययले जानकारी दिए ।

यसैगरी ज्वरो, रुघा, खोकीको लक्षण देखिएका ९ जना, पर्सागढी नगरपालिकाका ३ जना, नारायणी अस्पतालका कर्मचारी ३ जना र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला स्रोतले बताएको छ ।

उनीहरु सबैको नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा परीक्षण गरिएको थियो ।