काठमाडौंको गोंगबुस्थित गणेशस्थानमा सुटकेशभित्र टाउको बिनाको शव भेटिएको छ ।
गणेशस्थानबाट एक सय मिटरभित्र बाटोमा टाउको बिनाको शव सुटकेसभित्र भेटिएको हो । पानीले भिजेको सुटकेसबाट रगत बगेको देखेपछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले सुटकेस खोल्दा अन्दाजी ४०, ४५ वर्षीय पुरुषको शव भेटिएपछि हो ।
अहिले फरेन्सिक टोली बोलाएर अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।
शवको पहिचान हुन सकेको छैन । सुटकेसभित्र शव भेटिएको ठाउँबाट तीन सय मिटरजति टाढा टाउको पनि भेटिएको छ । घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ ।