logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपचार नपाएर मृत्यु भएकी वीरगञ्जकी युवतीमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
702
Shares

समयमा उपचार नपाएर मृत्यु भएकी वीरगञ्जकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार मृत्यु भएकी वीरगञ्ज महानगरपालिका–२ छपकैयाकी २० वर्षीया युवतीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए ।

शुक्रबार युवतीका आफन्तले वीरगञ्जका विभिन्न अस्पताल भर्ना गर्न खोजेका थिए । तर, कसैले पनि भर्ना नलिएपछि शनिबार नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । गण्डक अस्पतालमा उपचार सुरु गरेको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको थियो । आज आएको परीक्षण रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो ।

योसँग नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । यसअघि गएराति पोखरामा ६२ वर्षीय बृद्धको कोरोनाबाट मृत्यु भएको थियो ।