उद्धार उडानमार्फत विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ ।
कोभिड-१९ महामारीका कारण लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमित हवाई उडानहरू बन्द छन् ।
१७२ जनाको भने गन्तव्य मुलुकमै अत्येष्टीका लागि परिवारको सहमति प्राप्त भएको गैरआवासीय नेपाली संघअन्तर्गतको कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।
विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी रहेको शर्माले बताए ।