logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागुऔषध र नगदसहित चार जना पक्राउ


अंकुरण खबर
624
Shares

रौतहटको चन्द्रपुर नगरपालिका-४ चपुरस्थित सडकबाट ग २ च ३९७५ नम्बरको कार चालक तनहुँ दुलेगौडा नगरपालिका-४ बस्ने २८ वर्षीय महम्मद मुर्तुजासहित तीन जनालाई लागुऔषध र नगदसहित प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा चार थान १०० एमएलको अनरेक्स, एक बोतल ५०० एमएलको लागुऔषधजस्तो गन्ध आउने तरल पदार्थ, दुई बोतल २५० एमएलको लागुऔषध जस्तो गन्ध आउने तरल पदार्थ तथा ५० हजार नेपाली रूपैयाँ, ४५ हजार भारतीय रूपैयाँ र एक दरका १६ थान अमेरिकी डलर बरामद गरेको छ ।

यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय विराज विकलाई करिब ७१० मिलीग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।