logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा थपिए १७ जना कोरोना संक्रमित


अंकुरण खबर
858
Shares

कपिलवस्तु जिल्लामा आइतबार कोरोना भाइरसका थप १७ जना संक्रमित थपिएका छन् ।

गत साउन २१ गते जिल्ला सदरमुकाम तौलिहवा बजार क्षेत्रका उद्योगी व्यवसायीहरुको २ सय २६ जनाको नमुना स्वाब संकलन गरिएको थियो ।

संकलन गरिएका मध्ये १ सय २७ जनाको रिपोर्ट आइतबार आएको हो । जसमध्ये ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

सोही दिन संकलन गरिएका स्वाब मध्ये ९८ जनाको रिपोर्ट  अझै आउँन बाँकी छ । आइतबार जिल्लामा १७ जना संक्रमित थपिएसंगै जिल्लाभर कुल संक्रमितको संख्या ८ सय ५७ पुगेको छ ।

आइतबार थपिएका कोरोना विरामी सामाजिक कार्यमा क्रियाशिल व्यक्ति र जनसमुदायका हुन् । जिल्लामा सवारी साधन जोर विजोर तथा अत्यावश्यक लगायतका सेवा वन्द गरेपनि निजी सवारी साधन संचालनमा आउदा र बजार संचालनमा आउदा कोरोना फैलने सम्भावना अझै रहेको छ ।