logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालगञ्ज बजार सिल, निगरानी गर्न सेना परिचालन


अंकुरण खबर
897
Shares

कोरोना संक्रमण फैलिन थालेपछि नेपालगञ्जको मुख्य बजार क्षेत्र सिल गरिएको छ ।

सिल गरेको क्षेत्रमा निगरानी गर्न सेना परिचालन गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नेपालगञ्जको मुख्य क्षेत्र सिल गरेको हो।

सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकदेखि चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाउँ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्लाभित्रको क्षेत्र पूर्णरुपमा सिल गरिएको प्रजिअ कुरुम्वाङले बताए।

यो क्षेत्रमा शनिबार राति १२ बजेदेखि मङ्गलबार राति १२ बजेसम्मका लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन। यस अघि निषेधाज्ञा जारी गरेको थियो। त्यसले काम नगरेपछि सिल गरिएको जनाएको छ ।