logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.157K
Shares

नेपालमा थप  ३८०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।

आइतबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा हाल ६ हजार ५४४ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५१५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । हालसम्म नेपालमा ४ लाख ४३ हजार ८०४ जनाको पीसीआर नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ४० जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ३५३ पुगेको छ ।