logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो


अंकुरण खबर
1.157K
Shares

नेपालमा आइतबार थप २ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज कास्की पोखरा महानगरपालिका-१९ बस्ने ६२ वर्षीय पुरुषको २४ गते राति उपचारको क्रममा मृत्यु भएको बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्कीमा उनको मृत्यु भएको हो । उनी मधुमेहका रोगी भएको गौतमले बताए । त्यस्तै, पर्सा जिल्ला वीरगन्ज महागनरपालिका-२ की २० वर्षीया १ महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ ।

गौतमका अनुसार उनलाई नारायणी अस्थायी कोरोना विशेष अस्पताल पुर्याइएपछि मृतक घोषित गरिएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ७५ पुगेको छ ।