नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
पर्साको वीरगञ्ज १५ भेडियाहीकी ४५ वर्षीया महिलाको मृत्यु भएको हो । कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहका अनुसार मृत्यु भएकी महिलाको स्वाब परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको हो ।
उच्च रक्तचाप र हाइपोथाइराइडकी विरामीको अचानक स्वास्थ्यमा गडबडी भएपछि उनको आइतवार गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।