logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

पर्सामा वडाध्यक्षसहित २२ जनालाई देखियो कोरोना संक्रमण


अंकुरण खबर
988
Shares

पर्सामा वडाध्यक्षसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा वडाध्यक्षसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पर्साको पोखरीया नगरपालिका १ का वडाध्यक्ष बंका राउत कुर्मीमा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

त्यसैगरी, पोखरीया नगरपालिकाका २५ वर्षीय डाक्टर, २२ र २३ वर्षका स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । नारायणी अस्पतालमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।

यता बाराको जितपुर सिमरा उपमहानगरपालिका २३ रामपुरटोकनीमा रहेको म्यागनस फर्माका दुई पुरुष र एक महिला गरी तीन जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको छपकैया, विर्ता, श्रीपुर, आदर्श नगर, नगवा लगायतका टोलमा कोरोना संक्रमितहरु देखिएका छन् ।