logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित कन्ट्रोलमा कार्यरत ३ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.976K
Shares

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।

सर्वसाधरणलाई प्रहरीको सहयोग चाहिएमा वा प्रहरीलाई कुनै सूचना दिनुपरेमा १०० नम्बरमा फोन गर्दा प्रहरी कन्ट्रोलमा उठ्छ । फोन गर्दा पैसा नलाग्ने १०० नम्बरमा प्रहरीहरु २४ सै घण्टा तैनाथ हुन्छन् । यहाँ बिभिन्न खालका सूचनाहरु संकलन हुने गर्दछ । कन्ट्रोलमा करिब एक सय जना प्रहरी कार्यरत छन् । सोही कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

पोखरेलका अनुसार संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेका ब्यक्तिहरुलाई पीसीआर परीक्षणको तयारी गरिएको छ ।

यसअघि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो ।