नेपाली बजारमा आज सुनको मुल्यमा २ सय रुपैयाले गिरावट आएको छ ।
आज सोमबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।
आइतबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयामा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।