logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
858
Shares

बाँकेमा दुई चिकित्सकसहित थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालगन्ज मेडिकल कलेजका थप दुई जना चिकित्ससहित बाँकेमा १५ जना, दाङका एक जना, कैलालीका दुई जना, बर्दियाका एक जना र सल्यानका एक जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

३४० जनाको नमुना परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको  विज्ञप्तिमा उल्लेख छ । उक्त प्रयोगशालामा हालसम्म २५ हजार २ सय नमुना परीक्षण गरिएकोमा एक हजार १ सय ५ जनामा कोरोना पुष्टि भएको हो ।