logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप ८ जनामा देखियो कोरोना संक्रमण


अंकुरण खबर
663
Shares

गण्डकी प्रदेशमा थप ८ जनालाई कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६३०९ जनाको नमुना परीक्षणमा ८ जना नयाँ संक्रमित पुष्टि भएका हुन् ।

नवलपरासी पूर्वका एक महिला र एक पुरुष, पर्वतका एक पुरुष, स्याङजाका एक महिला, तनहँका २ पुरुष, कास्कीका २ पुरुषलाई कोरोना संक्रमण देखिएको हो ।

गण्डकी प्रदेशका कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले संक्रमितलाई आइसोलेसन कक्ष लैजाने तयारी भइरहेको जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६२० पुगेको छ । संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ७० पुगेको छ ।