प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
आज बेलुका ५ बजे बस्ने बैठकले कोरोना लक्षित केही महत्वपूर्ण निर्णय लिन सक्ने जनाइएको छ ।
पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि भदौ १ गतेबाट खोल्ने भनिएको हवाई उडान र लामो दुरीका सार्वजनिक यातायातबारे समेत निर्णय हुने स्रोतले जनाएको छ ।
यस अघि बसेको बैठकमा विज्ञले दिएको सुझाव अनुसार लकडाउनबारे निर्णय हुनसक्ने बताइएको छ ।
त्यस्तै भदौ १ बाट विद्यालय भर्ना कार्यक्रम पनि एक महिना पछि सार्ने बारेमा छलफल भएकाले त्यसबारे समेत आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ ।