काठमाडौंको कलंकीका एक ६४ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ ।
ललितपुरको भैसेपाटीस्थित मेडीसीटी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ती पुरुषको मृत्यु भएको हो ।
भाइरल निमोनिया र पुरानो मुधमेहको उपचार गराइरहेका ती वृद्धलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो। कोरोनाको आशंकामा उनको साउन १९ गते स्वाब संकलन गरी परीक्षण गर्दा साउन २१ गते आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो।
नेपाली सेनाको टोलीले ती पुरूषको शव व्यवस्थापन गर्ने तयारी गरेको छ ।