logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

धनुषामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु


अंकुरण खबर
715
Shares

धनुषामा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ ।

आइतबार मृत्यु भएका एक पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई रुघाखोकी र टाउको दुख्ने जस्ता लक्षण देखिएका थिए । मृतक धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ निबासी हुन् ।

जनकपुरस्थित विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा विगत ५ महिनादेखि काम गर्दै आएका ती पुरुषमा करिब ५ दिनदेखि रुखाखोकी र टाउको दुख्ने लगायतको समस्या देखिएको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विनोद मण्डलले जानकारी दिए ।

मृतक ललिया गाउँबाट कामका लागि दैनिक जनकपुरस्थित फाउन्डेसनमा काम गर्न आवतजावत गर्दै आइरहेका थिए ।