हेलम्बु गाउँपालिकामा कोरोना भाइरस देखिएको भन्दै गाउँपालिकाको वडा नम्बर १ को विभिन्न स्थानहरुमा शिल गरिएको छ ।
गत २१ गते हेलम्बु बाट काठमाडौं गइ २२ गतेको पिसिआर परिक्षणमा हेलम्बु स्थाइ घर भएका १ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि उक्त स्थान शिल गरिएको हो ।
हेलम्बु गाउँपालिका वडा नम्बर १ को साविक ३,४,५,६ र ७ नम्बर वडा शिल गरिएको गाउँपालिकाले जारी गरेको सार्वजानिक सन्देशमा उल्लेख गरिएको छ ।
साथै सो भेगका कुनै पनि नागरिकलाइ अति आवशयक काम नपरि घर ननिस्कन समेत आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।