logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

काठमाडौंमा २ सहित थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ७९ पुग्यो


अंकुरण खबर
845
Shares

कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ।

बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत एक महिलाको आइतबार दिउँसो मृत्यु भएको हो । कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिला स्वास्थ्यमा समस्या देखिएपछि कोहलपुर मेडिकल कलेजमा केही दिनअघि भर्ना भएकी थिइन्। अस्पताल भर्ना भएपछि महिलाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

त्यस्तै, वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीकी ४५ वर्षीया महिलाको पनि कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ। मृत्युपछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

श्वासप्रश्वासमा समस्या भएपछि कोभिड अस्पताल भर्ना गरिएको महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

त्यस्तै, ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। कलंकी ट्याङ्लाफाँट निवासी ६४ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो। उनी निमोनिया र मधुमेहको रोगी रहेका थिए ।

त्यसैगरी, काठमाडौंको मध्ये बानेश्वस्थित ७६ वर्षीय पुरुषको सोमबार बिहान १० बजे मेडिकियर अस्पतालमा मृत्यु भएको थियो।